हुण्डी कारोबारी ८ लाख नगद सहित पक्राउ


अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले ८ लाख नगद सहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.२ बस्ने ३३ वर्षका सुनिल कुमार साह रहेका छन् । प्रहरीले अनसन्धानका क्रममा हेलमेटभित्र स्रोत नखुलेको एक हजार दरका नोट ८०० थान नेपाली रुपैयाँ बरामद गरेको हो ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना २८ प ९००८ नम्बरको मोटरसाईकलमा खानतलासी गर्दा उनको साथबाट उक्त रकम फेला परेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।