समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा


समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ लाख ४४ हजार ८९० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

आवेदकले न्यूनतम १ सय कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतममा निष्काशन भएको सम्पूर्ण कित्ताका लागी आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयरमा संस्थापक सेयरधनीले आवेदन दिन पाउने छन् । आम सर्वसाधारणले भने यो पटकको लिलामीमा आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीबाट आवेदन नपरेमा मात्र अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

संस्थापक सेयरधनीले आज असार १३ गतेदेखि ३५ दिनभित्र आवेदन बुझाउन सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।