दुई लघुवित्तको बोनस सूचीकृत

दुई लघुवित्तको बोनस सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई लघुवित्त कम्पनीको ९ लाख १६ हजार २०७ दशमलव ७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार समता घरेलु लघुवित्तको ५ लाख १४ हजार ११६ दशमलव २९ कित्ता र महुली लघुवित्तको ४ लाख २ हजार ९१ दशमलव ४५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

मंगलबार नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खाता (डिम्याट) मा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

समता घरेलु लघुवित्तले २०७९ चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत र महुली लघुवित्तले १०८० बैशाख ९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट १४.५ प्रतिशत बोनस सेयर पारित भएको थियो ।

साधारण सभाका लागि तोकिएको बुकक्लोज अनुसार समता घरेलु लघुवित्तको बोनस सेयर चैत २९ गते बिहीबारसम्म तथा महुली लघुवित्तले चैत २८ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार १२ : ३१ बजे