‘नमस्ते पे’ फोन पेको नेटवर्कमा आवद्ध

0
Shares

सरकारी स्वामित्वको पहिलो डिजिटल पेमेन्ट वालेट नमस्ते पे अग्रणी भुक्तानी नेटवर्क फोनपेमा आवद्ध भएको छ ।

फोनपे क्युआर भुक्तानी नेटवर्कमा आबद्ध हुँदै नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेल भन्छन् –‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ । हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ । यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।’

यस सम्झौतासँगै नमस्ते पेका प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्छन् । नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवद्र्धन गर्न थप मद्दत गर्ने फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले बताए ।

प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने फोन पेको भिजनमा यो साझेदारी महत्वपूर्ण रहेको र यस साझेदारीले फोनपेका ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको र समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको सापकोटाको भनाइ रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।