अरुण काबेली पावरलाई हकप्रद निष्कासन गर्न अनुमति

0
Shares

अरुण काबेली पावर लिमिटेडले चुक्ता पुँजीको १ः१ अनुपात अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीले हकप्रद बेच्न अनुमति पाएको हो ।

कम्पनीले बुधबार १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । जसअनुसार कम्पनीले विद्यमान सेयरधनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउनेछ ।

सेबोनबाट स्वीकृति पाएसँगै अब कम्पनीले सार्वजनिक सूचना मार्फत हकप्रदको बुकक्लोज र बिक्री खुला मिति तोक्नेछ । हकप्रद बिक्रीसँगै कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

अरुण काबेली पावरले हकप्रद निष्काशनको अनुमति माग गर्दै २०७८ कार्तिक २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । विद्युत नियम आयोगले प्रदान गरेको पूर्व स्वीकृतिको विवरण २०७९ भदौ १२ गते पेश गरेपछि बोर्डले हकप्रदको विवरण पाईपलाइनमा राखेको थियो ।

अरुण काबेली पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।