बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद बेच्ने, विद्युत नियमन आयोगले अनुमति देला ?

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । बरुणले यसअघि जारी गर्न नसकेकोे हकप्रद निष्काशनको प्रक्रिया पुनः थालेको हो ।

विसं २०८० असार १२ गते मंगलबार ४ बजे बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको प्रबन्धक सन्दिप अधिकारीले बैठकले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्न विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृती तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम पूर्व स्वीकृतीको लागी विद्युत नियमन आयोग समक्ष अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

कम्पनीले यसअघि नै २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । तर विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति नदिएपछि बोर्डले कम्पनीको निवेदन खारेज गरिदिएको थियो ।

यस पटक भने विद्युत नियमन आयोगबाट पुर्व स्वीकृति पाए कम्पनीले साधारण सभा तथा आवश्यक प्रक्रिया पूरा गरेर पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद बिक्री गर्न सक्नेछ ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ ।
कम्पनीले २०७७ पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।