साताको सेयर बजारः नेप्से ९५ अंकले बढ्दा कस्ताे रह्याे समग्र अवस्था ?

0
Shares

यो साता नेप्से ९५.४६ अंकले बढेको छ । नेप्सेमा एक सातामा ४.६४ प्रतिशतको बढोत्तरी भएको हो । नेप्से बढेसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण पनि १ खर्ब ३९ अर्ब ७० करोड २७ लाख रुपैयाँले वृद्धि भएको छ ।

आइतबार २०५५.५३ बिन्दुमा खुलेको नेप्से चार कारोबार दिनमा २१५०.९९ बिन्दुमा बन्द भएको छ । आइतबार ६२.२१ अंकले बढेको सूचक सोमबार ११.६९ र मंगलबार ५६.९४ अंकले बढेको थियो । बुधबारसम्म भने ३५.३७ अंकले करेक्सन आयो । बिहीबार मुस्लिमहरुको इदका कारण बजार बन्द भयो । बजार बढेसँगै सेयर लगानीकर्ताको सम्पत्ति पनि यो साता १ खर्ब ३९ अर्ब ७० करोड २७ लाख रुपैयाँ बढेको छ ।

अघिल्लो साता नेप्सेको कुल बजार पूँजीकरण ३० खर्ब १० अर्ब ४३ करोड १६ लाख रुपैयाँ रहेकोमा बढेर ३१ खर्ब ५० अर्ब १३ करोड ४२ लाख रुपैयाँ माथि पुगेको हो ।

यस साता कारोबारमा आएका १३ वटै उपसमूहगत सूचक बढेका छन् । लघुवित्त सर्वाधिक ११.९३ प्रतिशतले बढेको छ । गत साता ३ हजार ७२८ विन्दुमा रहेको लघुवित्तको परिसूचक यो साता ४५४५ अंक बढेर ४ हजार १७३ विन्दुमा पुगेको छ । यस्तै यो साताको बजारमा जीवन बीमा ११.२० र फाइनान्स १०.४५ प्रतिशतले वृद्धि भएको छ । यस्तै म्युचुअल फन्डको इन्डेक्स ४.४८ प्रतिशत, निर्जीवन बीमा ४.३८, विकास बैंक ४.१६ प्रतिशत, बैंकिङ्ग ४.१२ प्रतिशत, अन्य उपसमूहको ३.३८ प्रतिशत, उत्पादन तथा प्रशोधनमुलक ३.०५, ब्यापार १.५४, जलविद्युत ०.९७,होटल तथा पर्यटनमुलक सर्वाधिक ०.८० र लगानी ०.५८ प्रतिशतले बढेको छ ।

नेप्सेसँगै यस साता दैनिक औसत कारोबार रकम पनि ४१ प्रतिशत बढेर ५ अर्ब ८१ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत साता दैनिक औसत ४ अर्ब १३ करोड २४ लाख रुपैयाँ थियो । यो साता २७७ कम्पनीको कुल ५ करोड ३१ लाख ५ हजार कित्ता सेयर २३ अर्ब २५ करोड १४ लाख ८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । गत साता २७५ कम्पनीको कुल ५ करोड २५ लाख २३ हजार कित्ता सेयर २० अर्ब ६६ करोड २० लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

तीन कम्पनीकाे बाेनस सूचीकृत

यस साता नेप्सेमा ३ कम्पनीको कुल २३ लाख ९३ हजार ७४९ दशमलव ७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जीवन विकास लघुवित्तको चुक्ता पुँजीको १४.२८५ प्रतिशतले हुन आउने १४ लाख ७७ हजार ५४२ कित्ता, समता घरेलु लघुवित्तको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ५ लाख १४ हजार ११६ दशमलव २९ कित्ता र महुली लघुवित्तको चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने ४ लाख २ हजार ९१ दशमलव ४५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कुन कम्पनीको सेयरधनीले कमाए, कुन कम्पनीको गुमाए त ?

यो साता हिमालयन लाइफ इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तका सेयरधनीले ४६.३९ प्रतिशतका दरले कमाएका छन् । इन्स्योरेन्सको सेयरमूल्य १७ रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता ५५७ रुपैयाँ ९० पैसा पुगेको छ भने लघुवित्तको ४०७ रुपैयाँ २० पैसा बढेर १२८५ रुपैयाँ पुगेको छ ।

यस्तै सिटि होटलका सेयरधनीले ४६.३३ प्रतिशतले बढेर ४२० रुपैयाँ ७० पैसा, सिटिजन्स बैंक संस्थापक ३३ प्रतिशतले बढेर १३३ रुपैयाँ २० पैसा, सामुदायिक लघुवित्त २९.०५ प्रतिशतले बढेर ११२४ रुपैयाँ, प्रोगेशिभ फाइनान्स २१.६१ प्रतिशतले बढेर ४३८ रुपैयाँ ६० पैसा, माउन्टेन इनर्जी नेपाल लिमिटेड २३.६४ प्रतिशतले बढेर १०२९ रुपैयाँ ९० पैसा पुगेकाे छ ।

यसैगरी समीट लघुवित्त १९.६७ प्रतिशतले बढेर ११६८ रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्त १९.२७ प्रतिशतले बढेर ११४५ रुपैयाँ पुगेको छ भने आशा लघुवित्तका सेयरधनीले यस साताको बजारबाट १९ प्रतिशतले प्रतिशतले बढेर ८५८ रुपैयाँ पुगेको छ । शीर्ष दश कम्पनीले १९ देखि ४६ प्रतिशतसम्म नाफा कमाएका छन् ।

उता यो साता सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६१ प्रतिशत घटेर ४२० रुपैयाँमा झरेको छ । यस्तै इङ्वा हाइड्रोपावरको ६.९६ प्रतिशत घटेर २९४ रुपैयाँ, मकर जितुमाया हाइड्रोपावर ६.३१ प्रतिशत घटेर २९७ रुपैयाँ, पाँचथर पावर ५.९३ प्रतिशत घटेर २८४ रुपैयाँ, दश प्रतिशत सानिमा बैंक डिबेञ्चर २०८५ को ५.८२ प्रतिशत घटेर ९६७ रुपैयाँ ३० पैसामा झरेकाे छ ।

यसैगरी  इष्टर्न हाइड्रोपावर ४.८० प्रतिशत घटेर ३३५ रुपैयाँ, कालिञ्चाक दर्शन ४.६९ प्रतिशत घटेर ९७५ रुपैयाँ, श्वेतगंगा हाइड्रोपावर ४.०१ प्रतिशत घटेर २८० रुपैयाँ, तेह्रथुम पावर ३.९५ प्रतिशत घटेर ३८९ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ३.६८ प्रतिशत घटेर ३२७ रुपैयाँ ५० पैसामा झरेको छ ।

कारोबार रकम, कित्ता र कारोबार संङ्या सबैमा शिवम् सिमेन्टस अगाडि

यो साता शिवम् सिमेन्टस कारोबार रकम, कित्ता र कारोबार संङ्ख्या तीन वटैमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको सो कम्पनीको १ अर्ब ४२ करोड ८२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको २३ लाख ३२ हजार ३९६ कित्ता सेयर १२ हजार १९२ वटा संख्यामा खरिद बिक्री भएको हो ।

यसैगरी सोल्टी होटलको ११ करोड २१ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ८५ करोड ३६ लाख, हिमालयन डिष्टिलरी ७२ करोड ७ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६७ करोड ४५ लाख, नेपाल लाइफ ५३ करोड २८ लाख, नागरिक लगानी कोषको ४९ करोड ५८ लाख, एशियन लाइफ इन्स्योरेन्सको ४९ करोड ९ लाख, नेपाल टेलिकमको ४४ करोड ४३ लाख र सूर्याज्योति लाइफ इन्स्योरेन्सका ४४ करोड १२ लाख रुपैयाँको सेयर कारोबारमा आएको छ ।

शीर्ष दश खरिद बिक्री गर्ने ब्रोकर कम्पनी

यो साता पनि सबैभन्दा धेरै कारोबार गरेको ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीज रहेको छ । सो ब्रोकरले यो साता १ अर्ब ४७ करोड ५६ लाखको सेयर खरिद गर्दा १ अर्ब ३६ करोड ३२ लाखको बिक्री गरेको छ ।

यस्तै खरिदतर्फ दोस्रो नम्बरमा रहेको ४२ नम्बर ब्रोकर सनि सेक्युरिटीज बिक्रीतर्फ चौथो रहेको छ । यस ब्रोकरले यो साता १ अर्ब १९ करोड २६ लाखको सेयर खरिद गर्दा १ अर्ब ३ करोड ४९ लाखको सेयर बिक्री गरेको छ ।

तेस्रो ठूलो खरिद गरेको ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजले १ अर्ब १२ करोड ५५ लाखको सेयर खरिद गर्दा ९९ करोड ५८ लाख ४५ हजारको बिक्री गरेको छ । बिक्रीतर्फ सो ब्रोकर छैटौं स्थानमा रहेको छ ।

यस्तै ३४ नम्बरको भिजन सेक्युरिटीजले खरितर्फ चौथो र बिक्रीतर्फ पाँचैं स्थानमा रहेको छ । सो ब्रोकरबाट यो साता १ अर्ब २ करोड ८९ लाखको सेयर खरिद गर्दा १ अर्ब ४५ लाख ८४हजारको बिक्री गरेको छ ।

यसैगरी ब्रोकर नम्बर ४४ डायनामिक मनि चेञ्जरले यो साता १ अर्ब १ करोड ५७ लाखको सेयर खरिद गर्दा १ अर्ब १७ करोड २६ लाखको बिक्री गरेको छ । खरिदमा पाँचौं स्थानमा रहेको सो ब्रोकर बिक्री रकमका आधारमा तेस्रो स्थानमा छ ।

छैटौं ठूलो खरिद गरेको ब्रोकर नम्बर ४९ अनलाईन सेक्युरिटीजले दोस्रो ठूलो बिक्री गरेको छ । ९७ करोड ३८ लाख रुपैयाँको सेयर खरिद गरेको ब्रोकरले १ अर्ब २८ करोड २४ लाखको सेयर बिक्री गरेको छ । यस्तै खरिद बिक्री दुबैमा यो साता ब्रोकर नम्बर ५७ आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले ७३ करोड ४४ लाखको सेयर खरिद गर्दा ७१ करोड ६ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

यस्तै ब्रोकर नम्बर १७, एबिसी सेक्युरिटीजले ७० करोड ६ लाखको सेयर खरिद गर्दा ६५ करोड ६९ लाखको बिक्री गरेको छ । आठौं ठूलो खरिद गरेको कम्पनी बिक्रीतर्फ नवौं स्थानमा रहेको छ।

नवौं ठूलो खरिद गरेको ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीले बिक्रीतर्फ आठौं ठूलो कारोबार गरेको छ । यो साता सो ब्रोकरबाट ६८ करोड ५२ लाखको सेयर खरिद गर्दा ६६ करोड ८१ लाखको बिक्री गरेको छ ।

यसैगरी ब्रोकर नम्बर ३५ कोहिनुर सेक्युरिटीजले ६० करोड ३८ लाखको सेयर खरिद गरेर दशौं ठूलो स्थानमा रहँदा बिक्रीतर्फ अग्रवाल सेक्युरिटीज दशौं स्थानमा रहेको छ ।ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरिटीजले यो साता ६० करोड ४७ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

शीर्ष कारोबार गर्ने ब्रोकरबाट खरिद बिक्री भएका दश स्क्रिप्ट

यो साता शीर्ष कारोबार गर्ने ब्रोकरबाट खरिदको शीर्ष दश कम्पनीभित्र शिवम् सिमेन्टस् खरित तथा बिक्री दुबैमा पहिलो स्थानमा रहेको छ ।
शीर्ष कारोबार गर्ने ब्रोकरबाट खरिदतर्फ सोल्टी होटल दोस्रो रहँदा बिक्रीतर्फ तेस्रो ठूलो रहेको छ । खरिदमा तेस्रो ठूलो रहेको हिमालयन डिष्टिलरी खरिमा चौथो स्थानमा रहेको छ ।

यस्तै खरिदतर्फ चौथा स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स बिक्रीतर्फ दोस्रो ठूलो रहेको छ । टप टेन ब्रोकरबाट आईजीआईको पाँचौं ठूलो कारोबार हुँदा बिक्रतफृ छैटौ स्थानमा रहेको छ ।

खरिदमा छैटौं ठूलो कारोबार भएको नेपाल टेलिकमको टप टेन ब्रोकरबाट नवौं ठूलो बिक्री देखिन्छ । यस्तै सातौं ठूलो खरिद एशियन लाइफ रहँदा आठौं ठूलो बिक्री रहेको छ ।

टप टेन ब्रोकरबाट आठौं ठूलो खरिद भएको स्वावलम्बव लघुवित्त बिक्रीतर्फ पाँचौं स्थानमा रहेको छ । यस्तै नवौं ठूलो खरिद भएको सूर्याज्योति लाइफ र दशौं ठूलो खरिद भएको नेपाल लाइफ बिक्रीतर्फ शीर्ष दशमा अटाएका छैनन् ।

उता टप टेन ब्रोकरको बिक्रीतर्फ सातौं स्थानमा रहेको नागरिक लगानी कोष र दशौं स्थानमा रहेको फस्ट माइक्रोफाइनान्स खरिद तर्फ शीर्ष दशमा समेटिएको छैन ।

ठूला दश ब्रोकरहरुबाट खरि बिक्रीमा परेका कम्पनीहरुको कारोबार सातामा २० करोडदेखि ५४ करोड रुपैयाँसम्मको खरिद बिक्री रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।