जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत


जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

लघुवित्तको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले चैत २६ गते सम्पन्न भएको वार्षिक साधारण सभाका लागि चैत १० गते बुकक्लोज गरेको थियो । यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र सो बोनस पाउनेछन् । बोनस पाउन योग्य सम्बन्धीत सेयरधनीले उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।