नाफा सुरक्षित गर्ने होडले नेप्सेमा भारी गिरावट, २१ सय बिन्दुभन्दा तल झर्‍यो सूचक

0
Shares

साताको पहिलो दिन नेप्से हाफ सेञ्चुरी बढीले घटेको छ । अल्पकालीन लगानीकर्ताको नाफा सुरक्षित गर्ने होडले आइतबारको बजारमा उच्च गिरावट आएको हो । उच्च अंकले घटेसँगै नेप्से २१ सय बिन्दुभन्दा तल झरेको छ ।

नेप्से २.५० प्रतिशत अर्थात ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक ३.०४ प्रतिशत बिन्दुले झरेर ३९०.५२ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ फ्लोट २.९९ प्रतिशत घटेर १२८.०२ बिन्दुमा झरेको छ ।

नेप्से उच्च रुपमा घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आइतबार २८६ स्क्रिप्टका १ करोड १३ लाख २३ हजार कित्ता सेयर ७४ हजार ४४१ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १८० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार २८० स्क्रिप्टका १ करोड ३३ लाख ४३ हजार कित्ता सेयर ५ अर्ब ९७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये लघुवित्त सर्वाधिक ४.७५ प्रतिशत, विकास बैंक ३.४८ र जलविद्युत ३.१५ प्रतिशतले घटेको छ । यसैगरी बैंकिङ्ग, होटल, फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य र ब्यापार पनि २ प्रतिशतभन्दा बढीले घटेको छ ।

बजार घटेपनि बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सिटि होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिपिडब्लु लघुवित्तको प्रतिकित्ता १४१३ रुपैयाँ ५० पैसा र सिटि होटलको ४६२ रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै एनसीसी डिबेञ्चर २०८६ को ७.७८ प्रतिशत, लक्ष्मी इक्विटी फन्डको इकाईमूल्य ५.५६ र लक्ष्मी उन्नती कोषको इकाईमूल्य ५.४९ प्रतिशतले बढेको छ ।

उता आइतबारको बजारबाट श्रृजनशील लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.३२ प्रतिशतले घटेर ११२९ रुपैयाँमा झरेको छ । यस्तै माउन्टेन इनर्जीको सेयरमूल्य ९.१२ प्रतिशत, ग्रामीण विकास लघुवित्त ८.०१, साधना लघुवित्त ७.५८ र गुराँस लघुवित्त ७.३६ प्रतिशतले घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक ४२ करोड ५६ लाख ५४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । शिवम् सिमेन्ट्सको २७ करोड ५६ लाख, सोल्टी होटलको २० करोड ८६ लाख, सूर्याज्योति लाइफको १६ करोड ६७ लाख र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स १४ करोड ६८ लाखको सेयर कारोबार भएको छ ।

आइतबारको गिरावटसँगै आज कुल बजार पूँजीकरण ७८ अर्ब ६५ करोडले घटेर ३० खर्ब ७१ अर्ब ४८ करोड ५१ लाख ५२ हजार रुपेयाँमा समेटिएको छ । गत बुधबार ३१ खर्ब ५० अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।