सानिमा क्यापिटलले एक अर्बको खुल्लामुखी म्युचुअल फन्ड ल्याउने

0
Shares

सानिमा क्यापिटल लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको खुल्लामुखी म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले पहिलो पटक ‘सानिमा फ्लेक्सी फन्ड’ नामक खुल्लामुखी म्युचुअल फन्ड निष्कासन गर्न लागेको हो ।

क्यापिटलले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीका लागि असार १७ गते आइतबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

गरी प्रति इकाइ मूल्य १० रुपैयाँ दरको कुल १ अर्बको रुपैयाँको कुल १० करोड इकाई म्युचुअल फन्ड निष्कासन बिक्री खुला गरेको हो । १ अर्ब रुपैयाँ मध्ये बीज पूँजी वापत ११ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई वा कुल निष्कासन गरिने इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ मध्ये कोष प्रवद्धक सानिमा बैंक र व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राख्ने छ ।

‘सानिमा फ्लेक्सी फन्ड’ को निष्कासन बोर्डबाट निष्कासन अनुमति पाएपछि मात्र सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला हुनेछ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल ‘सानिमा फ्लेक्सी फन्ड’को योजना व्यवस्थापकमा सानिमा क्यापिटल लिमिटेड र योजनाको प्रवद्र्धकमा सानिमा बैंक रहेको छ । यसअघि ७ वटा योजनाले बजारमा खुलामुखी म्युचुअल फन्ड निष्कासन गरिसकेका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।