निर्जीवन बीमा कम्पनीले जेठमा संकलन गरे साढे ३ अर्ब बढी बीमाशुल्क, कसको कति ?

0
Shares

चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै १४ निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५० करोड ९२ लाख २८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत बैशाखको तुलनामा ३१.१९ प्रतिशत बढी हो । बैशाख महिनामा २ अर्ब ६७ करोड ४७ लाख ७० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

जेठसम्म निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन गत आवको सोही अवधिको तुलनामा ५.९७ प्रतिशत बढेर ३६ अर्ब १९ करोड रुपैयाँ ८८ लाख ३९ हजार रुपैयाँ पुगेको छ । बैशाख महीनाको तुलनामा जेठमा राष्ट्रिय बीमा कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्कमा संकलनमा उच्च वृद्धि देखिएको छ ।

राष्ट्रिय बीमा कम्पनीको ६९२ प्रतिशत तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क १९२ प्रतिशतले बढेको हो । बैशाखमा २ करोड ९९ लाख ५१ हजार बीमाशुल्क उठाएको राष्ट्रिय बीमा कम्पनीले जेठमा २३ करोड ७२ लाख बढी संकलन गरेको छ । यस्तै बैशाखमा १९ करोड ५५ लाख ८ हजार बीमाशुल्क संकलन गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जेठमा ५७ करोड १९ लाख ४७ हजार संकलन गरेको छ ।

उता बैशाखको तुलनामा जेठमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४३.४४ प्रतिशतले बढाएर ३५ करोड ७८ लाख ४७ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै बैशाखको तुलनामा जेठमा सानिमा जिआईसी इन्स्योरेन्सको ३७.३१ प्रतिशतले बढेर २२ करोड ७६ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ भने आइएमई प्रुडेन्सियल इन्स्योरेन्सको बैशाखको तुलनामा जेठमा ३४.७५ प्रतिशत वृद्धि गर्दै ३१ करोड ७२ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । यस्तै नेशनल इन्स्योरेन्सको ३१.२० प्रतिशतले बढेर ८ करोड ३३ लाख ६५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बैशखको तुलनामा २३.८१ प्रतिशत बढाएर ३६ करोड ७८ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क जेठमा संकलन गर्दा शिखर इन्स्योरेन्सले बैशाखको तुलनामा जेठमा २२.७० प्रतिशतले वृद्धि गर्दै ३३ करोड ३८ लाख ८४ हजार रुपैयाँ संकलन गरेको छ ।

यसैगरी नेपाल इन्स्योरेन्सको बैशाखको तुलनामा जेठमा कुल बीमाशुल्क संकलन १४.७४ प्रतिशतले बढेर १३ करोड ६६ लाख ९६ हजार रुपैयाँ पुग्दा नेको इन्स्योरेन्सले पनि ७.०९ प्रतिशतले वृद्धि गर्दै २१ करोड १ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै दी ओरियन्टल इन्स्योरेन्सको बैशाखको तुलनामा जेठमा १.०७ प्रतिशतले बढेर ८ करोड ७८ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सको ४०.९० प्रतिशत घटेर २७ करोड ८६ लाख ८९ हजार रुपैयाँमा झर्दा अर्को कम्पनी एनएलजी इन्स्योरेन्सको पनि ९.३४ प्रतिशतले घटेर १६ करोड २ लाख ७९ हजार रुपैयाँ मात्र जेठमा बीमाशुल्क संकलन गरेको छ ।

जेठ महीनामा निर्जीवन बीमा संकलन गरेको बीमाशुल्क यस्तो छः–

हिमालयन एभरेष्ट इन्स्योरेन्सः ५७ करोड १९ लाख ४७ हजार रुपैयाँ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ३६ करोड ७८ लाख ३९ हजार रुपैयाँ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सः ३५ करोड ७८ लाख ४७ हजार रुपैयाँ

शिखर इन्स्योरेन्स कम्पनीः ३३ करोड ३८ लाख ८४ हजार रुपैयाँ

आइएमई प्रुडेन्सियल इन्स्योरेन्सः ३१ करोड ७२ लाख ३४ हजार रुपैयाँ

युनाइटेड अजोड इन्स्योरेन्सः २७ करोड ८६ लाख ८९ हजार रुपैयाँ

राष्ट्रिय बीमा कम्पनीः २३ करोड ७२ लाख १८ हजार रुपैयाँ

सानिमा जीआईसी इन्स्योरेन्सः २२ करोड ७६ लाख ८६ हजार रुपैयाँ

नेको इन्स्योरेन्सः २१ करोड १ लाख ५० हजार रुपैयाँ

एनएलजी इन्स्योरेन्सः १६ करोड २ लाख ७९ हजार रुपैयाँ

नेपाल इन्स्योरेन्सः १३ करोड ८५ लाख ४८ हजार रुपैयाँ

प्रभु इन्स्योरेन्सः १३ करोड ६६ लाख ९६ हजार रुपैयाँ

दी ओरियन्टल इन्स्योरेन्सः ८ करोड ७८ लाख ४६ हजार रुपैयाँ

नेशनल इन्स्योरेन्सः ८ करोड ३३ लाख ६५ हजार रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।