थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड


थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि ८ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालय, ठमेलमा आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्तालाई आईपीओ बाँडफाँड गरिएको हो ।

सो सेयरमा कुल १० लाख २४ हजार ४६ आवेदन परेको थियो। जसमध्ये २ हजार ८४८ आवेदन रद्द भएको छ भने १० लाख २१ हजार १९८ आवेदन स्वीकृत भएको छ । न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । जसअनुसार ६१ हजार ३१६ आवेदनकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । सोमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, थ्रीस्टार हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।