अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड शुक्रबार

0
Shares

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँड गरिन लागिउको हो । बिक्री प्रबन्धकको कार्यालय, नारायणचौर नक्सालमा आईपीओ बाँडफाँड हुने जनाइएको छ ।

मागभन्दा उच्च आवेदन परेका कारण धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाबाट १० कित्ताका दरले ५३ हजार ९५० जनाले मात्र हात पार्नेछन् । अन्तिम दिनको तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आईपीऋोमा आवेदन गरेका १२ लाख २८ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।

कम्पनीले असार १० देखि १३ गतेसम्म सर्वसाधारणमा ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ आवेदकबाट १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता सेयरको लागि आवेदन परेको छ । यो संख्या सर्वसाधारणबाट माग भएको तुलनामा २५.८८ गुणा बढी हो ।

अप्पर स्याङ्गे हाइड्रोपावरले यसअघि नै पहिलो चरणमा निष्कासन गरेको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ देखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ देखि १६ गतेसम्म आईपीओ बिक्री गरेको थियो । सो आईपीओ जेठ ३० गते बाँडफाँड गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।