नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माग्यो ४ अर्ब बराबरको ऋणपत्र बिक्री अनुमति

0
Shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ४ अर्ब ४ करोड रुपैष्याँ बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रतिकित्ता इकाई एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न असार १७ गते आइतबार अनुमति मागेको हो । जसअनुसार बैंकले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

दश वर्ष अवधिका लागि जारी हुने ‘एनआईएमबि डिबेञ्चर २०९०’ नामक ऋणपत्रमा बैंकले लगानी गर्नेहरुलाई वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्रदान गर्नेछ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले दीर्घकालीन लगानी स्रोत संकलनका लागि दश वर्ष अवधिको ऋणपत्र बिक्री ल्याउन खोजेको हो । ऋणपत्र बिक्रीबाट बैंकले १० वर्षसम्मका लागि निक्षेप संकलन गरी परिचालन गर्न पाउनेछ । मुद्दती वा बचत निक्षेपजस्तो छोटो समयमा नै रकम झिक्ने अवस्था नहुँदा बैंकहरुलाई उक्त रकम बराबरको निक्षेप व्यवस्थापनको झण्झट हुँदैन । बैंकहरुले ऋणपत्रबाट संकलन हुने रकम तोकिएको अवधिसम्म लगानी गर्न सक्छन् ।

ऋणपत्र निष्कासन गर्न बैंकले प्रभु क्यापिटल लिमिटेड कमलादीलाई बिक्री प्रबन्धक तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।