नेपाल पे र स्मार्टक्यूआरबीच अन्तरसञ्चालन सेवा सुरु

0
Shares

नेपालमै पहिलो पटक क्यूआर अन्तरसञ्चालन सुरु भएको छ ।

नेपाल पे क्यूआर र स्मार्टक्यूआरबीच अन्तरसञ्चालनका लागि काठमाडौं आयोजित एक कार्यक्रमबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) ले सम्झौता गरेको हो ।

योसँगै अब नेपाल पेका प्रयोगकर्ताले स्मार्टक्यूआर प्रयोग गर्न पाउनेछन् भने स्मार्टक्यूआरका प्रयोगकर्ताले नेपाल पे क्यूआर मार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।

यो सम्झौताले नेपालको क्यूआर भुक्तानीलाई थप बलियो बनाउने एनसीएचएलले विश्वास व्यक्त गरेको छ । नेपालमा यसरी दुई क्यूआर सेवाबीच अन्तरसञ्चालन सुरु गरिएको यो पहिलो पटक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।