लक्ष्मी क्यापिटल मार्केटले ‘लक्ष्मी भ्यालु फण्ड २’ निष्काशन गर्ने


लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले ‘लक्ष्मी भ्यालु फण्ड २’ निष्काशन गर्ने भएको छ । क्यापिटलले साउन ५ गतेदेखि म्युचुल फण्ड निष्काशन गर्ने भएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन ल्याउने भएको छ ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

सो फण्डको इकाईका लागि साउन ५ गतेदेखि साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सम्पूर्ण इकाई बिक्री नभएमा भने निष्काशन अवधि साउन १९ गतेसम्म लम्बिने छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईसम्म आवेदन दिन पाउने सकिने छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। यो बन्दमुखी योजना हो । जसको अवधि १० वर्षको रहेको छ ।

आवेदन दिने स्थान

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।