बैंकहरूले गर्दै आएको ब्याजदरको भद्र सहमति तोडियो


बैंकहरूले भद्र सहमतिका आधारमा ब्याजदर तोक्ने अभ्यासलाई स्थगित गरेका छन् । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंकहरू आफैले कर्जा निक्षेप ब्याजदर तय गर्ने बाटो खुला गरेका हनु । 

नेपाल बैकर्स संघको बिहीबारको बैठकले विगतदेखि गर्दै आएको भद्र सहमतिलाई निरन्तरता दिदै आएका थिए । २०७९ भदौमा ब्याजदर घटाउने बढाउने भद्र सहमतिलाई खुला छोडेका बैंकहरूले केही समय पछि पुन सुचारु गरेका थिए । वित्तीय प्रणालीमा तरलता तथा लगानी योग्य रकमको अभाव हुन थालेपछि बढेको ब्याजदरलाई थप माथि जान नदिन गत असोज महिनामा बैंकहरुले सहमति गरेका थियो । सो अनुसार बैंकहरुले निक्षेपको ब्याजदर १२.१३३ कायम गरेका थिए ।

बैंकहरुले कर्जा लगानी योग्य रकम अभाव भएपछि ऋण प्रवाहलाई नै रोक्नु परेको थियो । त्यसपछि बैंकहरु एक संस्थाको निक्षेप ब्याजदर बढाएर खोस्ने अस्वस्थ प्रतिस्पर्धामा उत्रिए । बैकहरुको अस्वास्थ्य प्रतिस्पर्धाका कारण ब्याजदर थप माथि नजाओस भनेर संघले भद्र समहति गरेर ब्याजदरलाई एउटा तहमा राखेको थियो ।

पछिल्लो समयमा वित्तीय प्रणाली निक्षेप थपिएसँगै अधिक तरलता देखिएको छ । अधिक तरलता भएकाले बैंकहरुले गर्दै आएको भद्र सहमति साउन महिना देखि खुला छोड्ने निर्णय गरेका हुन । यो निर्णय सँगै बैंकहरू आफैले कर्जा निक्षेपको ब्याजदर घटाउन बढाउन सक्छे

पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताका कारण सबै अल्पकालीन ब्यादजर घटेको अवस्था छ । त्यसका साथै बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात पनि घटेर ८१ प्रतिशतको हाराहारीमा आएको छ भने अन्तर बैंक दर एक प्रतिशत भन्दा तल आएको छ । हाल वित्तीय प्रणालीको निक्षेप ५७ खर्ब ३६ अर्ब पुगेको छ।     

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।