नेप्सेबाट अनुमति पाएका ७ नयाँ ब्रोकरले आजदेखि थाले सेयर कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट कारोबार अनुमचि पाएका ७ नयाँ ब्रोकरले आज बिहीबारदेखि सुरु गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पाराजुलीले दोस्रो बजारमा कारोबार अनुमति पाएका सबै ब्रोकरले आजदेखि नियमित कारोबार थालेको बताए । गत नेप्सेको सिस्टमसँग जोडिएर विगत केही समयदेखि ती नयाँ ब्रोकरले कम्पनीहरुले मक ट्रेडिङ गरिरहेका थिए । मक ट्रेडिङ सफल रहेपछि बिहीबार सातवटै ब्रोकरले पूर्ण रुपमा कारोबार सञ्चालन गरेका हुन् ।

नेप्सेबाट कारोबारको स्वीकृती पाएका ब्रोकर नम्बर ६१ भोले गणेश, ब्रोकर नम्बर ६२ क्यापिटल म्याक्स, ब्रोकर नम्बर ६३ हिमालयन ब्रोकरेज, ब्रोकर नम्बर ६४ सन सेक्युरिटिज, ब्रोकर नम्बर ६५ सेयरप्रो, ब्रोकर नम्बर ६६ मियो सेक्युरिटिज र ब्रोकर नम्बर ६७ को प्रोपर्टी विजार्डले कारोबार सुरु गरेका हुन् ।

ब्रोकर नम्बर ६१, भोले गणेशले अपि पावरको २० कित्ता सेयर ४ हजार ५ रुपैयाँ बराबरको सेयर खरिद गरेको छ । यस्तै ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्सले नेपाल एसबिआई बैंकको १० कित्ता सेयर ३ हजार ३९० रुपैयाँमा खरिद गरेको छ । यस्तै ब्रोकर नम्बर ६३ हिमालयन ब्रोकरेजले हिमालयन लाइफको १० कित्ता सेयर ५ हजार १०० रुपैयाँमा खरिद गरेको छ । ब्रोकर नम्बर ६४ सन सेक्युरिटिजले शुभम पावर लिमिटेडको २० कित्ता सेयर १५ हजार ७५० रुपैयाँको खरिद गरेको छ । यस्तै ब्रोकर नम्बर ६५ सेयरप्रोले आज स्ट्याण्डर्ड चार्टड बैंकको १० कित्ता र सोल्टी होटलको १०० कित्ता सेयर ५४ हजार १० रुपैयाँमा खरिद गरेको छ । ब्रोकर नम्बर ६६ मियो सेक्युरिटिजले स्ट्याण्डर्ड चार्टड बैंकको २० कित्ता सेयर १० हजार ६०० रुपैयाँमा खरिद गर्दा ब्रोकर नम्बर ६७ को प्रोपर्टी विजार्डले १५ हजार १२० रुपैयाँमा खरिद गरेको छ ।

ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्सका सञ्चालक अतितलाल श्रेष्ठले बिहीबार भएको खरिदको राफसाफको अवस्था हेरेर थप कारोबार अघि बढाउँदै जाने बताए । आज ट्रायलको रुपमा थोरै कारोबार भएपनि नियमित कारोबार सुरु भैसकेकाले भोलिका दिनमा कारोबार बढ्दै जाने उनको भनाई छ ।

नयाँ सात ब्रोकर कमपनीले एकैपटक कारोबार शुभारम्भ गरेसँगै सेयर बजारका लगानीकर्ताका लागि सेयर खरिद बिक्रीका लागि ५७ वटा ब्रोकर पुगेका छन् । यसअघि पुराना ५० वटा ब्रोकर कम्पनीहरुले ब्रोकरको माग गर्दै आएका थिए । बजारमा नयाँ ब्रोकर थपिएसँगै लगानीकर्ताहरूमा सेयर बजारप्रति थप आशावादी र उत्साहित भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।