मलेसियन रेमिट कम्पनी म्याक्स मनीसँग कारोबार गर्न पुनः रोक


नेपाल राष्ट्र बैंकले मलेसियन रेमिट कम्पनी म्याक्स मनी एसडीएन बीएचडीसँग कारोबार गर्न प्रतिबन्ध लगाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनीलाई म्याक्स मनीसँग कारोबार गर्न दोस्रो पटक रोक लगाएको हो ।

म्याक्स मनीले मलेसियामा नेपाल पठाउन भनेर संकलन गरेको पैसा नपठाएपछि २०७५ सालमा पनि पहिलो पटक प्रतिबन्ध लगाएको थियो । त्यसपछि म्याक्सले नेपाली बैंक व्त्तिीय संस्था तथा रेमिट कम्पनीलाई तिर्नु पर्ने केही रकम भूक्तानी दिएपछि केन्द्रीय बैंकले शर्तसहित २०७६ माघ ५ गते प्रतिबन्ध फुकुवा गरेको थियो ।

३ वर्ष पहिले … हिमालयन बैंक र म्याक्स मनिले विप्रेषण सेवा पु:न सुचारु गर्ने, मिल्यो लफडा

केन्द्रीय बैंकका अनुसार प्रतिबन्ध फुकुवा गर्दाका शर्तहरु पालना नगरेपछि पुनः असार २८ गतेदेखि म्याक्स मनीलाई प्रतिबन्ध लगाइएको हो । बिहीबार केन्द्रीय बैंकले सूचना नै जारी गर्दै म्याक्स मनीसँग पुरानो बक्यौता भुक्तानी लिने बाहेकका कुनै पनि कारोबार नगर्न नेपाली बैंक, वित्तीय संस्था तथा रेमिट कम्पनीलाई निर्देशन दिएको छ ।

साथै केन्द्रीय बैंकले म्याक्सले मलेसियामा रकम संकलन गरी अन्य मल्टि करिडोर मार्फत नेपाल पठाउने कार्यका लागि तेस्रो पक्षबाट प्रक्रिया अघि बढाइएको रकम स्वीकार गर्ने तथा भूक्तानी गर्ने व्यव्स्था समेत गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।