प्रभु बैंकको ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रभु बैंकले ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ११ हजार ४३९ कित्ता सेयर बिक्रीका लागी ल्याएको हो । बैंकको उक्त सेयर आम सर्वसाधारणका लागी बिक्री खुलाइएको हो ।

बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेकोले आम सर्वसाधारणका लागी आवेदन खुलाइएको हो ।

उक्त कित्ता सेयर खरिदका लागी आज असार २९ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।