सुनको भाउ उकालो लाग्दै, यो साता १९ सय रुपैयाँ बढ्यो

0
Shares

स्थानीय बजारमा छापावाला सुनको भाउ यो साता उकालो लागेको छ । यो साता मात्रै सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा वृद्धि आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।

अघिल्लो साता छापावाला सुनको भाउ १ लाख १० हजार ६०० रुपैयाँ रहेकोमा १ हजार ९०० रुपैयाँले बढेर असार २९ गते शुक्रबार आइपुग्दा १ लाख १२ हजार ५०० रुपैयाँमा झरेको छ । यस्तै तेजावी सुनको भाउ पनि असार २२ गते शुक्रबार १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएकोमा हिजो शुक्रबारसम्म आइपुग्दा १ लाख ११ हजार ९५० रुपैयाँमा झरेको छ ।

आइतबार तोलामा ७०० रुपैयाँले बढेको सुनको भाउ सोमबार र मंगलबार स्थीर रह्यो । बुधबारदेखि शुक्रबारसम्म सुनको भाउ बढेको हो । बुधबार तोलामा ३०० रुपैयाँले बढेको सुन बिहीबार ८०० रुपैयाँ र शुक्रबार ७०० रुपैयाँले बढेका हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गरेको छ । शनिबार बाहेक हप्ताको ६ दिन सुन चाँदीको भाउ निर्धारण हुने गर्दछ ।

यो साता आज चाँदीको भाउ पनि १०५ रुपैयाँले महङ्गिएको छ । गत शुक्रबार तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ यो साताको अन्त्यमा १ हजार ४८० रुपैयाँ पुगेको रहेको छ । चाँदी आइतबार २० रुपैयाँले बढेको थियो । सोमबार र मंगलबार स्थीर रहेको चाँदीको मूल्य बुधबार ५, बिहीबार ४० रुपैयाँ र शुक्रबार ४० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९५५ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।