आर्थिक वर्षको अन्तिम दिन घट्यो सुनको भाउ


चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने स्थीर रहेको छ ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ १ लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यस्तै आइतबार चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भैरहेको छ ।

गत शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन १ लाख १२ हजार ५०० रुपैयाँ, तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

गत साताभरिमा सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँर चाँदीको भाउ तोलाको १०५ रुपैयाँले महङ्गिएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९५५ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ असार २०८०, आइतबार १० : ५० बजे