घोराही सिमेन्टको आईपीओ अधिकतम ८० कित्तासम्म बाँडफाँड, ७० कित्तासम्म भर्नेलाई मागेजति

0
Shares

घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले प्रिमियममा जारी गरेको आईपीओ अधिकतम ८० कित्तासम्म बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडमा ७० कित्तासम्म सेयर माग गर्नेलाई माग बमोजिमको सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीको आइपीओमा ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गरेका ४ हजार ६५७ जनामध्ये ६९१ जनाले थप १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् । ती ६९१ जना आवेदकलाई ५५ हजार २८० कित्ता सेयर बाँडफाँड गरिएको हो । यस्तै ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गरेपनि ३ हजार ९६६ जना आवेदकले भने ७० कित्ताका दरले २ लाख ७७ हजार ६२० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा १० कित्तादेखि ७० कित्तासम्म खरिदका लागि आवेदन दिएका ५ लाख ५३ हजार ४४ जना आवेदकलाई माग बमोजिम ६५ लाख ७८ हजार ७७० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धकका अनुसार घोराही सिमेन्टको आईपीओमा कुल ५ लाख ८१ हजार ५४६ वटा आवेदन मार्फत १ करोड ३ लाख २४ हजार २६० कित्ता सेयरको खरिद माग भएको थियो । जसमध्ये २३ हजार ८४५ वटा आवेदन मार्फत परेको २५ लाख ३० हजार ५५० कित्ता सेयरको माग रद्द गरिएको छ । यसरी रद्द गरी बाँकी रहेको ५ लाख ५७ हजार ७०१ वटा आवेदन मार्फत माग भएको ७७ लाख ९३ हजार ७१० कित्ताको माग सदर भएको थियो ।

कम्पनीले ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी निष्काशन गरेको ६९ लाख ११ हजार ६७० कित्ता सेयर विवादमा परेपछि धितोपत्र बोर्डले निष्काशन स्थगन गरेको थियो । आर्थिक वर्षको समाप्ति तथा वैदेशिक रोजगारीमा गएका, आयोजना प्रभावितहरुको लगानीका साथै सर्वसाधारणको लगानी लामो समय बन्धक हुने भन्दै बोर्डले पुनः असार २२ गते सेयर निष्काशन गर्ने बाटो खोलिदिएको थियो । सोपछि असार २५ गते कार्यालय समयपछि आईपीओको निष्कासन बिक्री बन्द भएको थियो ।

आईपीओमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।