आर्थिक वर्षको पहिलो दिन सुनको भाउ के भयो ?

0
Shares

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दिन सोमबार सुनको भाउ स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आइतबारकै भाउमा खरिद बिक्री भैरहेको छ ।

महासंघका अनुसार साउन १ गते सोमबारका लागि छापावाला सुनको भाउ १ लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो असार ३१ गते आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर छापावाला सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने आइतबार पनि स्थीर रहँदै प्रतितोला १ हजार ४८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९५४ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ८३ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।