यी हुन् असार मसान्तभित्र आश्वा सदस्यता नवीकरण नगर्ने २५ बैंक तथा वित्तीय संस्था

0
Shares

चालु आर्थिक वर्ष २०८०-८१ का लागि २५ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा सदस्यता नवीकरण नगराएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार कुल ४९ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा सदस्यता लिएकोमा असार ३१ गते आइतबारसम्म २४ वटाले मात्रै चालु आर्थिक वर्ष २०८०-८१ का लागि आस्वा सदस्यता नवीकरण नवीकरण गराएका छन् ।

चौबिस बैंक तथा वित्तीय संस्थाले मात्र गरे आस्वा सदस्यता नवीकरण, २५ संस्थाबाट आईपीओ भर्न नपाइने

आस्वा सदस्यता नवीकरण नगराएसँगै सदस्यात लिएर नवीकरण नगर्ने २५ संस्थाबाट भने लगानीकर्ताहरूले आईपीओ लगायतका अन्य सार्वजनिक निष्कासनमा आवेदन दिन पाउने छैनन् । सार्वजनिक निष्कासनमा लगानीकर्ताको दरखास्त संकलन र सो सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त हुनभन्दा १ महिना अघि नै नेपाल धितोपत्र बोर्डमा नवीकरणको लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

कुन-कुन संस्थाले गरेनन् आश्वा सदस्यता नवीकरण ?

धितोपत्र बोर्डका अनुसार ४९ वटा संस्थाले सार्वजनिक निष्कासनमा लगानीकर्ताको दरखास्त संकलन र सो सम्बन्धी कार्य गर्न अनुमति लिएका छन् । तीमध्ये असार ३१ गतेसम्म २५ संस्थाले नवीकरण गरेका छैनन् । ती कम्पनीहरु निम्न रहेका छन् ।

वाणिज्य बैंक

हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैंक, मेगा बैंक नेपाल लिमिटेड, नेपाल बंगलदेश बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक

विकास बैंक

मुक्तिनाथ विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक

फाइनान्स कम्पनी

सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, युनाइटेड फाइनान्स

माथि उल्लेखित वाणिज्य बैंकहरुमध्ये बैंक अफ काठमाण्डू ग्लोबल आईएमई बैंकसँग, सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकसँग, सिभिल बैंक हिमालयन बैंकसँग, मेगा बैंक नेपाल लिमिटेडइन्भेष्टमेन्ट बैंकसँग, नेपाल बंगलादेश बैंक लिमिटेड नबिल बैंकसँग, नेपाल क्रेडिट एण्ड कमर्स बैंक कुमारी बैंकसँग मर्जरमा गएर एकीकृत कारोबार गरिसकेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।