सुन चाँदीको भाउ बुधबार बढ्यो


सुनको भाउ साउन ३ गते बुधबार तोलाको ६०० तथा चाँदीको भाउ १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुनको भाउ १ लाख १३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको भाउ पनि तोलामा ६०० ले बढेर १ लाख १२ हजार ५५० रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार छापावाला सुन तोलाको ३०० ले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो । साउन १ गते सोमबार सुनचाँदीको भाउ स्थिर बनेको थियो ।

चालु आर्थिक वर्ष २०८०–८१ को दुई दिनमा सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९७७ दशमलव २१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २५ दशमलव ०५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ साउन २०८०, बुधबार ११ : ३४ बजे