‘लक्ष्मी भ्यालु फण्ड २’ को इकाई बिक्री खुल्यो, साउन ९ गतेसम्म आवेदन दिन पाइने


लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको ‘लक्ष्मी भ्यालु फण्ड २’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला भएको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फण्ड १० वर्ष अवधिको हो । यो एक बन्दमुखी योजना हो ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईहरु निष्कासन गरेको हो ।

कुल जारी इकाईमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

शुक्रबारबाट निष्कासन भएको फण्डमा लगानीकर्ताले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिने स्थान

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।