माछापुच्छ्रे बैंकको क्युआरमा अब भ्वाइस बक्स प्रविधि

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्युआर प्रणालीमा भ्वाइस बक्स प्रविधि शुभारम्भ गरेको छ । तत्काल भुक्तानी सूचना प्रविधिले नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको हो ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । साउन ५ गते बाट क्युआरमा भ्वाइस बक्स जडान गरि माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको छ।

अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनीमार्फत हुने कम्पनीले जानकारी दिएको छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआर प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा कम्पनीले गरेको छ । साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यस सुविधाबाट हजारौ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सोको प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएको केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास लिएका छौं । हाल उक्त सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने कम्पनीले जानकारी गराएको छ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्र्मट बैंकू को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।