कुथेली बुखरीको आईपीओ बाँडफाँड, १ हजार १६३ आवेदन रद्द

0
Shares

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ आएतबार बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटलको कार्यालयमा कम्पनीको शेयर बाँडफाँड गरिएको हो।

कम्पनीले गत असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता आईपीओ निष्काशन गरेको थियो।

सो आईपीओमा कुल १० लाख ४८ हजार ४६८ आवेदन मार्फत १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका माग परेको थियो। जसमध्ये १० लाख ४७ हजार ३०५ आवेदन स्वीकृत भएको छ भने १ हजार १६३ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो । जसअनुसार १० हजार ११५ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी एक जनाले कम्पनीको थप एक कित्ता सेयर अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नुअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीमा समेत आईपीओ बाँडफाँड गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।