एनआईसी एसिया बैंकले बिक्री गर्दै संस्थापक सेयर


एनआईसी एसिया बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्री गर्ने भनिएको ४ लाख कित्ता सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । साउन ९ गतेदेखि १८ गतेसम्म सिलबन्दी बोलपत्र आवेदन दिन सकिने छ । न्युनतम प्रतिसेयर मूल्य ३७५ रुपैयाँ तोकिएको छ ।

बैंकको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाण्डौंमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ ।

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंबाट एक सय रुपैयाँ भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश गरिनेछैन ।

बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको सेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।