मोटर बाटो नभएको जग्गा धितोमा २० लाख रुपैयाँसम्म ऋण लिन पाइने

0
Shares

नेपाल राष्ट्र बैंकले मोटर बाटो नपुगेको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट २० लाख रुपैयाँसम्म ऋण लिन पाइने व्यवस्था बारे पुनस् जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकले २ वर्षको अगाडि मौद्रिक नीति मार्फत मोटर बाटो नभएको जग्गा धितोमा २० लाख रुपैयाँसम्म ऋण लिन पाइने व्यवस्था गरेको थियो । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यसबारेमा पुनस् जानकारी गराएको हो ।

बैंक तथा वित्तीय सुंस्थाहरुले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। यस किसिमका ऋण माग भइ आए विलम्ब नगर्न समेत राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भए सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने व्यवस्था रेहको छ ।

खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा स्वीकार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र स्वीकृत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा जबाफ दिनुपर्ने व्यवस्था पनि गरिएको जनाएको छ।

जग्गा धितोमा ऋणी लगानी गर्दा मोटरबाटो नभएका जग्गाहरु बैंकको प्राथमिकतामा नपरेपछि केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको थियो । अझै पनि बैंकहरुले मोटरबाटो नभएका जग्गाहरुको धितोमा ऋण दिन आनकानी गर्ने गरेपछि राष्ट्र बैंकले आफुले गरेको व्यवस्था बारे ग्राहकलाई जानकारी गराएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।