दुई लघुवित्तको ७ लाख २३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको कुल ७ लाख २३ हजार १९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजीको १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

एनएमबि लघुवित्त वित्तीय संस्थाको बुधबार चुक्ता पुँजीको १० प्रतिशतले हुने आउने ६ लाख ५५ हजार ८६२ दशमलव ८६ कित्ता र मनकामना स्मार्टको मंगलबार चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने ६७ लाख ३२९ दशमलव ११ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

एनएमबि लघुवित्त वित्तीय संस्थाको २०८० बैशाख १५ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७९ चैत १७ गतेदेखि २०८० बैशाख १५ गतेसम्म बुक क्लोज गरेको थियो । बुकक्लोजको आधारमा चैत १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

उता मनकामना स्मार्टको २०७९ चैत १६ गते बिहीबार सम्पन्न भएको ५ औं वार्षिक साधारण सभाले संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

मनकामना स्मार्टले लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि २०७९ चैत १ देखि चैत १६ गतेसम्म बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा फागुन ३० गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांश प्राप्त गर्नेछन् ।

सूचीकृत भएकाे दुबै लघुविततकाे बोनस सम्बन्धीत सेयरधनीको हितग्राही खाता (डिम्याट) मा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।