नापी अधिकृतविरुद्ध एक करोड चार लाख बिगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले एक करोड चार लाख तीन हजार नौ रुपैयाँ बिगो दाबी गर्दै आज विशेष अदालत काठमाडौंमा पुरीविरुद्ध मुद्दा दायर गरेको हो । पुरीले २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा अबैध तरिकाले एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आर्जन गरेको अख्तियारको दाबी छ ।

सोही अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । पुरीको आयभन्दा खर्च एक करोड चार लाख तीन हजार नौ सय रुपैयाँ बढी देखिएकोले उक्त रकमलाई गैरकानुनी ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।

अख्तियारका अनुसार राजु पुरीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनको श्रीमती श्रृजना गिरीको नाममा समेत रहेको पाइएको छ । यसैकारण श्रृजनालाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।