डिजिटल भुक्तानीसँग सम्बन्धित ओटिपी, पिन कोर्ड वा पासवर्ड कसैलाई नदिन आग्रह

0
Shares

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीसँग सम्बन्धित ओटिपी, पिन कोर्ड वा पासवर्ड कसैलाई नदिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले आफ्नो मोबाइल बैंकिङ वा डिजिटल भुक्तानीसँग सम्बन्धित ओटीपी, पिन कोर्ड र पासवर्ड नदिन आग्रह गरेको हो ।

पछिल्लो समय बैंक खाताबाटै रकम चोरी हुने घटना बढेपछि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । बैंक तथा डिजिटल भुक्तानीसँग सम्बन्धित व्यक्तिगत विवरण पिन कोर्ड, ओटिपी र पासवर्डजस्ता गोप्य विवरण बैंक तथा वित्तीय संस्थाले नमाग्ने हुनाले यस्ता विवरण कसैलाई नदिन राष्ट्र बैंकले भनेको छ ।

पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमो लगायतका विभिन्न सोसल एप्समार्फत भिडिओ, अडियो तथा टेक्स्ट म्यासेज गरी मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकको गोप्य सूचना लिने तथा तपाईलाई यति रकम चिठ्ठा परेको छ । उक्त चिठ्ठा परेवापत भन्दै ट्याक्स क्लियरेन्स गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाईएको हुँदा यस्ता भ्रामक कुरामा विश्वास नगर्न बैंक तथा वित्तीय संस्थाहरुले समेत आग्रह गर्दै आएका छन ।

यस्ता जानकारीका माध्यममार्फत जो कोहीले पनि बैंकिङ कारोबारमा पहुँच राख्न सक्ने हुँदा समय–समयमा आफ्ना पासवर्ड तथा पिन नम्बर परिवर्तन गर्न समेत बैंकहरुले सुझाउँदै आएका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।