नबिल बैंकले कमायो सर्वाधिक नाफा, ७६ प्रतिशत धेरैले बढोत्तरी

0
Shares

नबिल बैंकले वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अनुभवी प्रमुख कायर्कारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले हाँकेको बैंकले अघिल्लो वर्षको तुलनामा उत्कृष्ट सफलता हासिल गरेको हो । बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि अघिल्लो आवको तुलनामा ९ रुपैयाँ १८ पैसा बढेर २७ रुपैयाँ ८२ पैसा पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा नबिल बैंकले ३ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३२ करोड ६९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः २१.६५र १०.८२ प्रतिशत धेरै हो  ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । गत आवको वितरणयोग्य मुनाफाबाट बैंकले १४.६४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

बैंकले ब्याज आम्दानीबाट १७ अर्ब ९८ करोड ३२ लाख ११ हजार रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १०१ प्रतिशत धेरै हो । बैंकले फि कमिसन आयबाट २ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ संकलन गरेको छ । जुन अघिल्लाे आवकाे तुलनामा ८३.६२ प्रतिशत बढी हाे । बैंककाे सञ्चालन नाफा ७५.३७ प्रतिशत बढेर ११ अर्ब १ कराेड ६० लाख रहेकाे छ ।

चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको नबिल बैंकको असार मसान्तसम्ममा पूँजी कोष अनुपात १२.६६ प्रतिशत छ । बैंकको खराब कर्जा ३.२० प्रतिशत छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकको एनपिएल १.६२ प्रतिशत थियो । ९.५२ प्रतिशत बेसरेट रहेको नबिल बैंकले स्प्रेड दर ४.२२ प्रतिशतबाट बढेर ४.९९ प्रतिशतमा पुगेको छ ।

बैंकको जगेडा कोषमा सामान्य संकुचन आई २७ अर्ब ७ करोड ७ लाख काय हुँदा सेयरधनी कोष ३६.६१ प्रतिशतले बढोत्तरी भई ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।