माण्डु हाईड्रोपावरको आइपीओ बाँडफाँड


माण्डु हाईड्रोपावर लिमिटेडकोे विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरिएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा १ लाख ३६ हजार ३६४ कित्ता सेयर बाँडफाँड भएको हो ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि १,५०० कित्ता सम्म आबेदन दिने १३ हजार ६३६ आवेदकहरुलाई १० कित्ता बाँडफाँड गरिएको छ ।

यस्तै २० कित्ता देखि १५ सय कित्तासम्म आवेदन दिने ५ हजार ६६५ जना मध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १ लाख ३६ हजार ३६४ कित्ता सेयर बाँडफाँड भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।