बजार ४१ अंकले बढ्दा झण्डै २ अर्बको सेयर किनबेच


उतार चढावका बिच स्थिरप्राय रहेको सेयर बजारमा बुधबार फराकिलो अंकको सुधार आएको छ । अन्तिम समयमा एकाएक बजार पतब्र गतिमा उकालो लाग्दा ४१.०६ अंकको सुधार सहित बजार बन्द भएको छ ।

बुधबारको सुधारसँगै बजार परिसुचक नेप्से २०६०.९१ अंकमा उक्लिएको छ । यस दिन कारोबारमा आएका २०० कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयरमूल्य घट्दा बाँकी कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

बुधबार २६५ कम्पनीका ५० लाख १० हजार ७१६ कित्ता सेयर ७७ हजार ५०१ पटक किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार रुपैयाको कारोबार भएको छ ।
कारोबारमा आएका मध्ये सामुहिक लगानी कोष समुह मात्र घटेको बजारमा अरु सबै समुहमा वृद्धि भएको छ ।

ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ७.४८ अंकले बढेको बजारमा कारोबार योग्य सेयरको गणना गर्ने फ्लोट इण्डेक्स २.७३ अंकले बढेको बजारमा निर्जीवन बीमा कम्पनी समुहमा सबैभन्दा धेरै अर्थात ३०० अंकको सुधार देखिएको छ ।

बुधबार धेरै सेयरमूल्य बढ्ने कम्पनीहरुमा हिमालयन लघुवित्त, सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावर रहेका छन् उल्लेखित चार वटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा एशियन हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेण्ट बैंक र इमर्जिङ नेपालको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरै बढेको छ ।

सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य सबैभन्दा धेरै अर्थात १० प्रतिशतले घटेको बजारमा लक्ष्मी लघुवित्तको ८ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको साढे ६ प्रतिशत र स्वरोजगार लघुवित्तको ६ प्रतिशतले सेयरमूल्य घटेको छ ।

भर्खरै साधारण सेयर निष्काशन गरी सूचीकरण तथा कारोबारमा आएको आईएमई लाइफ इन्स्योरेन्सको सबर्वाधिक कारोबार भएको बजारमा कारोबार संख्या तथा कारोबार भएको सेयर संख्याका आधारमा पनि आईएमई लाइफ पहिलो स्थानमा रहेको छ ।

बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण ३० खर्ब ५३ अर्ब ५८ करोड ६४ लाख १८ हजार ४५ रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।