थ्री स्टार र अपर स्याङ्गे हाइड्रोको आइपिओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?


भर्खरै सर्वसाधारणमा सेयर निष्काशन गरेका थ्री स्टार र अपर स्याङ्गे हाइड्रोले नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गराएका छन् । नेप्ेिले थ्री स्टारलाई टीएसएचएल र अपर स्याङ्गेलाई यूएसएचएल कारोबार संकेत प्रदान गरेको छ ।

साउन २५ गते बिहीबार कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार थ्री स्टारको ४९ लाख २५ हजार तथा अपर स्याङ्गेको २२ लाख कित्ता सेयर सूचीकरण भएको हो ।

दुवै कम्पनीको सेयर दोस्रो बजारमा आइतबारदेखि किनबेच सुरु हुनेछ । नेप्सेले थ्री स्टारको सेयर कारोबार सुरु गर्नका लागि २८५ रुपैयाँ ६५ पैसादेखि २५६ रुपैयाँ ९५ पैसाको प्राइस रेञ्ज तोकेको छ ।

त्यसैगरी अपर स्याङ्गेको आपनिङ रेञ्ज ८४ रुपैयाँ ५४ पैसादेखि २५३ रुपैयाँ ६२ पैसा तोकिएको नेप्सेले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।