माथिल्लो तामाकोशीको शतप्रतिशत हकप्रदको सेयर मूल्य समायोजन, कति तोकियो मूल्य ?


माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रदका लागि सेयर मूल्य समायोजन भएको छ । कम्पनीले भोलि अर्थात २०८० साउन २६ गते हकप्रद निष्काशनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।

सेयरधनी दर्ता पुस्तिका बन्द हुने अघिल्लो दिन बिहीबारको कारोबार बन्द भएपछि कम्पनीको सेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) का अनुसार कम्पनीको शतप्रतिशत हकप्रद समायोजन पश्चात प्रतिकित्ता सेयर मूल्य २४३ रुपैयाँ ५ पैसा कायम भएको छ ।

बिहीबार कम्पनीको प्रतिकित्ता सेयर ३८६ रुपैयाँ १० पैसामा अन्तिम पटक किनबेच भएको थियो ।

२०७९ भदौ ३ गते सम्पन्न कम्पनीको १४ औं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

शतप्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सेयर निष्काशनको मिति निर्धारण गरिसकेको छैन । कम्पनीको हकप्रद निष्काशनको काम सनराइज क्यापिटलले गर्नेछ ।

आगामी भदौ ६ गते १५ नियमित कृयाकलाप सहित १५ औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले कुनै किसिमको प्रतिफलको घोषणा गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।