सेयर कारोबार गराउन थपिए तीन नयाँ ब्रोकर कम्पनी

0
Shares

नेपाल धितोपत्र बोर्डले थप ३ वटा ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको छ । योसँगै सेयर ब्रोकर लाइसेन्स लिने कम्पनीको संख्या ७२ पुगेको छ।

बोर्डको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले जेबीएन सेक्युरिटीज, आरबीबी सेक्युरिटीज र सीबीआइएल सेक्युरिटीजलाई ब्रोकर अनुमतिपत्र प्रदान गरेको हो ।

यी कम्पनीले बोर्डबाट सीमित कार्य गर्ने धितोपत्र दलाल(ब्रोकर)को लाइसेन्स पाएका हुन्। जेबीएनएल र आरबीबीको काठमाडौंमा तथा सीवीआईएलको ललितपुरमा मुख्य कार्यालय रहनेछ ।

यी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जबाट सञ्चालन अनुमति पाएपछि कारोबार सुरु गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।