नेपाली बजारमा आइतबार सुन चाँदी दुबैको मूल्य स्थीर छ । आज शुक्रबारकै भाउमा सुन र चाँदी दुबै कारोबार भैरहेको हो । यसअघि ६ कारोबारदिन यता सुनको भाउ घट्दै आएको थियो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँ खरिद बिक्री भएको छ । शुक्रबार पनि चाँदीको यहि भाउमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९१३ दशमलव ८३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
