सरकारले ट्रेजरी बिलमार्फत २४ अर्ब आन्तरिक ऋण नविकरण गर्ने

0
Shares

सरकारले ट्रेजरी बिलमार्फत २४ अर्ब रुपैयाँ आन्तरिक ऋण नविकरण गर्नेे भएको छ। यसका लागि राष्ट्र बैंकले साउन २९ गते सोमबार ट्रेजरी बिलको बोलकबोल गर्ने भएकोे छ ।

सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार जारी गरिनेछ । राष्ट्र बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी भदौ २६ गते, ९१ दिन अवधिको ट्रेजरी कात्तिक २८ गते र १८२ दिन अवधिको ट्रेजरी फागुन १ गते परिपक्व हुनेछ।
वित्तीय प्रणालीमा कर्जाको माग तत्काल नबढ्ने भएपछि बैंकहरूले ट्रेजरीमा डिस्काउन्ट रेट बढाएर लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।