शिवम् सिमेन्टसको लगानीकर्ता निराश बनाउने वित्तीय उपलब्धि, खुद नाफा ५६% घट्यो

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा गत आर्थिक वर्षमा ५६.२१ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार कम्पनीले गत आवमा ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा भने ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको उत्पादन आम्दानी १६.२८ प्रतिशत घटेसँगै खुद नाफामा पनि उच्च गिरावट आएको हो । गत आवमा कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७५ करोड २७ लाख ९३ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आवमा ९ अर्ब २६ करोड बराबरको सिमेन्ट बिक्रीबाट आम्दानी गरेको थियो । कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँमा स्थीर रहेको छ । कम्पनीको जगेडा कोष पनि ३.३० प्रतिशत घटेमा ४ अर्ब ६७ करोड ४६ लाख ४९ हजार रुपैयाँ सञ्चित छ ।

गत आवमा नाफासँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि घटेर ६ रुपैयाँ ८७ पैसामा संकुचित बनेको छ । गत आवमा १५ रुपैयाँ ७० पैसा रहेकोमा गत आवमा ८ रुपैयाँ ८२ पैसा घटेको हो ।

कम्पनीका प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात ९४.८३ गुणा रहेको छ ।

माडवारी समुदायको अघिका लगानी रहेको कम्पनीको अध्यक्षमा गौरभ गोयल छन् । यस्तै सञ्चालकहरुमा रोहित गुप्ता, गौरभ शारदा, रघुनन्दन मरु, शैलजा राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पूर्व सचिव चन्द्र कुमार घिमिरे स्वतन्त्र सञ्चालकको रुपमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।