सेयर बजारमा तिब्र गिरावटसँगै घट्यो बजार पुँजीकरण, बिक्री चाप धेरै


२००० अंकको वरीपरी अडिएको सेयर बजार मंगलबार तिब्र गतिमा ओरालो लागेको छ । लगानीकर्ताहरुले सेयर खरिदभन्दा बिक्रीलाई बढी प्राथमिकता दिँदा बजारमा त्यसको सिधा असर परेको हो ।

पछिल्ला केही दिनयता २००० देखि २१०० विन्दुको मध्यममार्गमा रहेको बजारमा हरेक दिन सामान्य सुधार, गिरावट देखिँदै आएको छ । पछिल्ला केही दिनमा बजारमा भएको वृद्धि मंगलबारको गिरावटसँगै साता पहिलेको अवस्थामा फर्किएको छ ।

लगानीकर्ताको मनोबल कमजोर हुँदा मंगलबार सेयर बिक्रीमा चाप आएको हो । योसँगै बजार परिसुचक नप्से ३१.८० अंकले घटेको छ । बजारमा आएको तिब्र गिरावटसँगै नेप्से परिसुचक २०४५.४४ अंकमा अडिएको छ । बजारमा आएको गिरावटका बीच कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । कारोबारमा आएको सेयर संख्या, कारोबार संख्या लगायतमा देखिएको गिरावटले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ । यद्यपी मंगलबार भने यस्ता सूचकहरुमा सामान्य सुधार देखिएको छ ।

मंगलबार बजार खुलेपछि क्रमिक रुपमा ओरालो लाग्न थालेको थियो । मंगलबार २७८ कम्पनीका ५६ लाख ३ हजार १७९ कित्ता सेयरहरु ६१ हजार ३४१ पटक किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँको कारोबार भएको छ ।

सोमबार २८९ कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता सेयरहरु ६८ हजार ८४२ पटक किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँको कारोबार भएको थियो । गत आइतबार २ अर्ब ४२ करोडभन्दा बढी रकमको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये सामुहिक लगानी कोष समेत गरी ३१ वटा कम्पनी तथा कोषको सेयर मूल्य तथा इकाईमूल्य बढेको छ भने केही कम्पनीको सेयर मूल्य स्थिर रहेको बजारमा सबैजसो कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

आइतबार सूचीकरण भएका थ्री स्टार र अपर स्याङ्गे हाइड्रोको सेयर मूल्य तिब्र गतिमा ओरालो लागेको बजारमा इमर्जिङ नेपाल, नेपाल बैंक डिबेञ्चर २०८७, सिक्ेल हाइड्रो, एनआईबिएल ग्रोथ फण्ड, एनआईबिएल समृद्धि फण्ड २ लगातको सेयर तथा इकाई मूल्य धेरै बढेको छ ।

सोमबार सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य साढे ७ प्रतिशतले बढेकोमा मंगलबार मंगलबार ४.२३ प्रतिशतले घटेको छ । सोमबार इन्फिनिटी लघुवित्तको ६ प्रतिशतले सेयर मूल्य बढेकोमा मंगलबार ६ प्रतिशतले घटेको छ । सोमबार इमर्जिङ नेपालको ५ प्रतिशतले सेयर मूल्य बढेकोमा मंगलबार पनि ५ प्रतिशतले नै बढेको हो ।

मंगलबार हिमालयन डिस्टीलरीको सेयर मूल्यमा सबैभन्दा धेरै अर्थात ७.६९ प्रतिशतको गिरावट आएको बजारमा थ्री स्टारको ६.९४, मोलुङ हाइड्रोको ६.२५ र बुद्धभूमीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सोमबार सुद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य साढे ६ प्रतिशतले घटेकोमा मंगलबार १ रुपैयाले बढेको छ भने सोमबार हिमालयन उर्जाको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेकोमा मंगलबार पनि ४.५ प्रतिशतले घटेको छ । सोमबार नै शुभम् पावर र सानिमा ग्रोथ फण्डको सेयर तथा इकाई मूल्य ३ प्रतिशतले घटेकोमा मंगलबार २.२९ र ०.८६ प्रतिशतले घटेको छ ।
समुहगत आधारमा मंगलबारको बजारमा सामुहिक लगानी कोषमा मात्र सुधार आएको छ भने बाँकी १२ वटै समुहमा गिरावट आएको छ ।

बजारमा आएको गिरावटसँगै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स, फ्लोट, सेन्सेटिभ फ्लोट लगायतका सूचकमा पनि गिरावट आएको छ ।

बजार घटेसँगै समग्र बजार पुँजीकरण पनि फराकिलो अन्तरले घटेको छ । सोमबार ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४० हजार रुपैयाँ रहेकोमा मंगलबार ३० खर्ब ६२ अर्ब ९७ करोड ३३ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

लगानीकर्ताको मनोबल बलियो हुन सकेन, बजार सुस्त बन्दै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।