कालिञ्चोक दर्शनको नाफा सवा ३ करोड, ११५ प्रतिशत बढ्यो

कालिञ्चोक दर्शनको नाफा सवा ३ करोड, ११५ प्रतिशत बढ्यो

कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वष २०७९।८० मा ३ करोड १९ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ । कोभिड महामारीपछि पर्यटकीय गतिविधि चलायमान हुँदा कालिञ्चोक दशर्नको नाफामा उच्च वृद्धि देखिएको हो ।

अघिल्लो वर्षको तुलनामा गत आवको चौथो त्रैमाससम्म होटलले ११४.९९ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवमा कम्पनीले १ करोड ४८ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानीमा भएको उल्लेख्य सुधारका कारण पनि नाफा बढेको हो । कोरोना महामारीमा बन्द गर्नुपर्ने अवस्थामा पुगेका होटलहरु आर्थिक गतिविधि चलायमान हुन थालेपछि नाफामा उल्लेख्य सुधार गरिरहेका छन् ।

गत वर्ष कम्पनीको आम्दानी ३३.८२ प्रतिशत बढेर ७ करोड ५९ लाख ४० हजार पुगेको छ । अघिल्लो आवमा ५ करोड ६७ लाख ४७ प्रतिशत थियो । कम्पनीले अघिल्लो वर्ष ५ करोड ५ लाख रहेको कुल आम्दानी वृद्ध गरेर गत आवमा ६ करोड ८२ लाख कमाएको छ । यस्तै आम्दानी वापत् २ करोड ५ लाख आर्जन गरेको छ ।

उता आम्दानी मात्र नभई कुल खर्च पनि बढेको छ । अघिल्लो आर्थिक वर्षभन्दा खर्च ३८.९८ प्रतिशत बढेर १ करोड ८६ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कुल खर्च १ करोड ३४ लाख थियो । यस्तै अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्मचारी खर्च १८ प्रतिशतले बढेर ४६ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

होटलले १३ करोड ६३ लाख रुपैयाँ दीर्घकालीन कर्जा र ५ करोड ६० लाख रुपैयाँ अल्पकालीन कर्जा उपयोग गरेको छ ।

चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको कालिञ्चोक दर्शनको वार्षिक प्रति सेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा कायम भएको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसा थियो। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको हो । जगेडा कोष १ करोड ८० लाख ३७ हजार रुपैयाँ ऋणात्मक हुँदा प्रति सेयर नेटवर्थ अंकित मूल्यभन्दा कम ९६ रुपैयाँ ९९ पैसा छ । अघिल्लो वर्ष ८९ रुपैयाँ थियो । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५७ गुणा रहेको छ ।

सन् २०१५मा स्थापना भएको कालिन्चोक दर्शनले केवल कारसेवा प्रदान गर्दै आएको छ । दोलखाको कुरी उपत्यकामा रहेको कालिन्चोक भगवतिको दर्शन गर्ने दर्शनार्थीहरुलाई कम्पनीले केवल कार सेवा दिँदै आएको छ । १ किलोमिटर दूरीमा सञ्चालन भइरहेको केवल कारका ४ गोन्डोला रहेका छन् । प्रति घन्टा १९२ यात्रु ओसारपसार गर्ने क्षमता ४ गोन्डोलाको छ ।

विशेषतः हिउँदयाममा हिउँ पर्ने हुँदा कालिन्चोक भगवति माताको दर्शन गर्न तथा हिउँ खेल्न मानिसहरु कालिन्चोक जाने गरेका छन् । आन्तरिक पर्यटक मात्रै नभई बाह्य पर्यटकहरुका लागि पनि कुरी उपत्यका आकर्षणको केन्द्र बन्दै गएको छ । कम्पनीले सर्वसाधारणमा माघ ३ देखि ६ गतेसम्म १० लाख ८० हजार किता सेयर जारी गरी माघ १९ गते बाँडफाँड गरेको थियो । कम्पनीले कवेल कारको गोन्डोला थप गर्न र ३५ कोठाको होटल निर्माणका लागि आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी रहेका छन् भने अशोक शिवाकोटी प्रमुख कार्यकारी अधिकृत हुन् । कम्पनीले इस्सुअर रेटिङका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले डबल बी प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३२ साउन २०८०, बिहीबार १५ : ०८ बजे