दिनभर मेरो सेयर नचल्दा लगानीकर्तालाई आईपीओ भर्न सकस

0
Shares

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेको ‘सेयर सेयर सफ्टवेयर’ को वेवसाइट तथा मोबाइल एप बिहीबार नचलेपछि लगानीकर्ताहरुले आईपीओ भर्नबाट सकस भोगेका छन् ।

आईपीओ भर्ने ‘सेयर सेयर सफ्टवेयर’ को वेवसाइट तथा मोबाइल एप ब्राउजिङ नभएपछि लगानीकर्ता सेयर भर्नबाट बञ्चित भएका हुन् । सोही कारण बिहीबारदेखि निष्कासन खुला दुई कम्पनीको सार्वजनिक निष्कासनमा न्यून मात्र आवेदन परेको छ । बिहीबार आईपीओमा ८० हजारभन्दा कम मात्र आवेदन परेको छ । यसअघि दैनिक ३ लाख हाराहारीमा आईपीओमा आवेदन पर्ने गरेको थियो ।

सिडिएससीका अनुसार साँझ ५ बजेसम्म सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा ७९ हजार ६४४ वटा र ‘हिमालयन ८०–२०’ मा ६८० वटा मात्र आवेदन परेको हो । दिनभर मेरो सेयर नखुलेपछि आईपीओ भर्न खोज्ने लगानीकर्ताहरु पहिलो दिन सेयर भर्नबाट बञ्चित बनेका छन् ।

प्रिमियम मूल्यमा आईपीओ जारी गरेको सन नेपाल लाइफको ९ लाख ५४ हजार कित्ता सेयरका लागि २२ करोड ८० लाख ६ हजार रुपैयाँ र ‘हिमालयन ८०–२०’ को इकाई खरिदका लागि ३ लाख २१० इकाई खरिदका लागि ३० लाख २ हजार १०० रुपैयाँको माग परेको छ ।

बिहीबारदेखि सन नेपाल लाइफले सर्वसाधारणमा प्रिमियम सहित २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता र हिमालयन क्यापिटलले  ‘हिमालयन ८०–२०’ को दश रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख इकाईको बिक्री खुला गरेकाे थियाे ।

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ तथा सामुहिक लगानी कोषको इकाई ‘हिमालयन ८०–२०’ मा छिटोमा भदौ ४ गते सोमबारसम्म र सो अवधिमा सबै बिक्री नभएको खण्डमा ढिलोमा भदौ १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

दिनभर ब्राउजिङ्गमा समस्या देखिएको मेरो सेयर साँझदेखि सहज रुपमा चल्न थालेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।