पुरानासँग प्रतिष्पर्धामा नयाँ सेयर दलाल कम्पनी, क्यापिटल म्याक्स छैठौं स्थानमा


नयाँ सेयर दलाल कम्पनीहरुले सेयर कारोबार सुरु गरेसँगै नयाँ र पुराना कम्पनीको प्रतिष्पर्धा चुलिएको छ । पुरानासँग पहिले नै लगानीकर्ता आबद्ध भईसकेको अवस्थामा नयाँ दलालले लगानीकर्ता आफ्नोमा ल्याउँदै सेयर कारोबार गराउँने दोहोरो कसरत गरिरहेका छन् ।

यस्तो अवस्थामा पनि सञ्चालनमा आएका ७ मध्ये स्टक ब्रोकर नम्बर ६२ अर्थात क्यापिटल म्याक्स सुेक्युरिटिजले आफुलाई पुराना सेयर दलाल कम्पनीहरुसँग प्रतिस्पर्धी बनाएको छ । प्रतिष्पर्धामा आउने मात्र नभई क्यापिटल म्याक्स बिहीबारको कारोबारमा औषतमा छैठौं स्थानमा परेको छ । अरु ६ वटा नयाँ दलाल व्यवसायी भने कारोबारका आधारमा शीर्ष २० भित्र अटाउन सकेका छैनन् ।

बिहीबार कुल कारोबारका आधारमा पहिलो स्थानमा रहेको स्टक ब्रोकर नम्बर ५८ अर्थात नासा सेक्युरिटिजले सबैभन्दा धेरै अर्थात २० करोड ३३ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । छैठौं स्थानमा रहेको क्यापिटल म्याक्सले १३ करोड १२ लाख ९८ हजार रुपैयाँको सेयर किनबेच गरेको छ ।

नासा सेक्युरिटिजले १० करोड ६६ लाख ६ हजार रुपैयाँको सेयर किनेको छ भने क्यापिटल म्याक्सले ८ करोड ३६ लाख ३८ हजार रुपैयाँको सेयर खरिद गरेको छ । सेयर खरिदका आधारमा नासा सेक्युरिटिज पहिलो स्थानमा हुँदा क्यापिटल म्याक्स तेस्रो बनेको हो ।

यसैगरी बिहीबारको कारोबारमा सेयर बिक्रीका आधारमा ९ करोड ६७ लाख ७५ हजार सहित नासा पहिलो स्थानमा हुँदा क्यापिटल म्याक्स ४ करोड ७६ लाख ७९ हजार सहित दशौं स्थानमा बसेको छ ।

कुल कारोबार रकमका आधारमा बिहीबार स्टक ब्रोकर नम्बर ३४ अर्थात भिजन सेक्युरिटिजले १६ करोड ४६ लाख १८ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । तेस्रो स्थानमा रहेको स्टक ब्रोकर नम्बर ४५ (इम्पेरियल सेक्युरिटिज) ले १५ करोड २० लाख २५ हजार, चौथो स्थानमा स्टक ब्रोकर नम्बर ४२ (सनी सेक्युरिटिज) ले १४ करोड २ लाख ३० हजार र पाँचौं स्थानमा स्टक ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरिटिजले १३ करोड २४ लाख ३० हजार रुपैयाँको सेयर कारोबार गरेको छ ।

बिहीबार अधिक सेयर कारोबार गर्ने शीर्ष २० दलाल कम्पनीको सूची यस्तो छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै सेवा सुरु गरेका कुल ७ सेयर दलाल मध्ये अन्य ६ कम्पनीले बिहीबार कति रकमको सेयर किनबेच गरे ? यस्तो छ तथ्यांकः

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।