टाटा मोटर्सको नाउ अर नेभर – द ग्रेट एक्सचेन्ज फेस्टिभल नेपालभर

0
Shares

चाडपर्व अघि नै चाडपर्व भन्दा धेरै फाईदाहरुका साथ विभिन्न आकर्षक उपहारहरु रहेको सिप्रदी तथा टाटा मोटर्सले “द ग्रेट एक्सचेन्ज फेस्टिभल” एक्सचेन्ज क्याम्प ल्याएको छ ।

यो एक्सचेन्ज क्याम्प भदौ १ गते देखि भदौ ५ गते सम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा शुरु हुँदैछ। शुक्रवार देखि शुरु भएको एक्सचेन्ज क्याम्प शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै खानाको पनि व्यवस्था गरिएको जनाएको छ ।

अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको छ जसमा टाटा मोटर्सका नयाँ ईभि गाडी प्रतिको रुचि निकै बढ्नुका साथै विक्री पनि त्यहि क्रम मा बढिरहेको देखिन्छ। प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय गाडी संग साट्ने क्रम बढ्दो छ ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको जनाएको छ ।

ग्राहकहरूलाई विभिन्न रिकन्डिसनहरू जानुको झन्झट आवश्यकता पनिपर्दैन । अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्ड मार्फत उचित मूल्याङ्कन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरुलाई थप सहजता प्रदान गर्नेछ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाईने जनाएको छ ।

गाडी मुल्यांकन गर्न पाल्नु हुने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले स्मार्टवाच पनि जित्न सक्नु हुनेछ । साथै कार्यक्रमका जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी संग साट्न सकिने व्यवस्था छ । एकै ठाउँबाट गाडीको मुल्यांकन, एक्सचेन्ज बोनस एकै ठाउँमा ईन्स्योरेन्सको सुविधा, ८०% सम्म नयाँ गाडी फाइनान्सिङ्गको सुविधा, नयाँ गाडीको बूकिंग तथा मुल्यांकन संगै आकर्षक उपहार, निशुल्क गाडीको थप एक्सेसोरिज गाडी सम्बन्धि दक्ष द्वारा परामर्श तथा सल्लाह सुझाव दिइने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी भई गाडी खरिद गर्ने  ग्राहकहरुले सपरिवार सहित पाँच तारे होटलमा डिनर गर्ने व्यवस्था गरिएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।