एनआईबिएल सहभागिता फण्डले गत आर्थिक वर्ष २०७९–८० को प्रतिफल वितरण गरेको छ ।
योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा प्रतिफल वितरण गरेको हो । योजनाले गत वर्षको मुनाफाबाट कर समेत ४ प्रतिशत वितरण गरेको हो ।
योजना व्यवस्थापकका अनुसार योजनाले प्रतिफल पुनः लगानी गर्न सकिने व्यवस्था गरेको थियो । खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपी शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने व्यवस्था गरिएको छ ।
लाभांश पुनः लगानी योजनामा सहभागी इकाईधनीहरूको योजनाअन्तर्गत प्राप्त थप इकाई निकट भविष्यमा जम्मा गरिने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।
प्रतिफल वितरण प्रयोजनका साउन ११ गते बुकक्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
