लक्ष्मी भ्यालु फण्ड २ का सबै इकाई बिक्री, सोमबार भयो बाँडफाँड


लक्ष्मी भ्यालु फण्डले निष्काशन गरेको सबै इकाई बिक्री भएको छ । फण्डका इकाईहरु सोमबार बाँडफाँड गरिएको कोषको व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैंया बराबरको ८ करोड इकाई गत साउन ५ गतेदेखि सर्वसाधारण निष्काशन भएको थियो । निर्धारित समयमा शतप्रतिशत इकाइ बिक्री भएको कम्पनिले जनाएको छ । बन्दमुखी म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।